पपुआ न्यु गिनीमा ६.२ म्याग्नीच्यूडको भूकम्प

Newslaya Home

पपुआ न्यु गिनीमा ६.२ म्याग्नीच्यूडको भूकम्प

आइतबार २६, माघ २०७६

काठमाण्डौ । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।
अस्ट्रलियाली भूगर्भ वैज्ञानिकले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताए ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने बताइएको छ ।