इलामबाट अबैध सामान बरामद

Newslaya Home

इलामबाट अबैध सामान बरामद

आइतबार २६, माघ २०७६

इलाम । इलामको सुर्योदय नगरपालिका–४ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध सामानहरु बरामद गरेको हो ।

भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले विभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी अन्दाजी १५ लाख बराबरको अबैध सामान बरामद गरेको हो ।

उक्त बरामद गरिएको अवैध सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यलय पठाइएको प्रहरीले जनाएको छ ।