भारतले नेपाललाई पाम आयल निर्यात गर्न दियो अनुमति

Newslaya Home

भारतले नेपाललाई पाम आयल निर्यात गर्न दियो अनुमति

आइतबार २६, माघ २०७६

काठमाण्डौ । भारतले एक महिनादेखि ‘रोक’ लगाएको पाम आयल निर्यात गर्न नेपाललाई अनुमति दिएको छ।

पाम ओयलको आयात खोलिदिन नेपाल सरकारले भारतीय पक्षलाई आग्रह गरेपछि निर्यात अनुमति दिएको हो। भारतले पाम आयल निर्यात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए।

‘भारतले नेपाललाई मौखिकरूपमा पाम आयल निर्यात अनुमति दिएको छ, लिखितरूपमा भने आएको छैन,’ मन्त्री भट्टले भने। पछिल्लो समय नेपालबाट उच्च निर्यात हुने वस्तुमा पाम आयल रहेको छ। वनस्पती घ्यु उत्पादन गर्ने नेपाली उद्योगीहरूले इन्डोनेसीया र मलेसियाबाट पाम आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए।

जनवरी ८ मा भारतीय सरकारले कुनै पनि प्रकारका रिफाईन्ड पाम आयलको आयात नगर्ने भनी आन्तरिक सूचना जारी गरी गरेको थियो ।