तमोर नदीमा डुबेर एक वृद्धको मृत्य

Newslaya Home

तमोर नदीमा डुबेर एक वृद्धको मृत्य

आइतबार २६, माघ २०७६

धनकुटा । धनकुटाको मुलघाटस्थित तमोर नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ का ६२ वर्षीय धनरुप राईको शनिबार बिहान मृत्यु भएको हो ।

धनकुटा –९ मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रममा दुई वर्षदेखि बस्दै आएका राई शुक्रबारदेखि बेपत्ता थिए । बिहान साढे १० बजे उनी तमोर नदीमा डुबिरहेको अवस्था फेला परेका थिए । एक महिनायता तमोरमा डुबेर मृत्यु भएको यो दोस्रो घटना हो ।

मूलघाटस्थित तमोर नदीले बगाएर एक वर्षमा १५ भन्दा बढीको ज्यान गइसकेको छ ।