बढ्यो सुनको भाउ

Newslaya Home

बढ्यो सुनको भाउ

आइतबार २६, माघ २०७६

काठमाण्डौ । सुनको भाउ आइतबार(आज ) तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि तोलामा ४ सय रुपैयाँ नै बढेर सुनको भाउ तोलाको ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी भने तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।