२१ जनालाई गोली हानी मार्ने सैनिक मारिए

Newslaya Home

२१ जनालाई गोली हानी मार्ने सैनिक मारिए

आइतबार २६, माघ २०७६

बिबिसि । थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई सुरक्षाकर्मीले मारिदिएको प्रहरीले बताएको छ ।

जक्रफन्थ थोम्मा नामक ती सैनिकले शनिबार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेका थिए ।

नकोन रात्चासिमा नगरमा भएको उक्त घटनामा ती सैनिकले त्यहाँस्थित एउटा किनमेल केन्द्रमा गएर पनि अन्धाधुन्ध गोली चलाएका थिए ।

उनले विभिन्न सामग्री सामाजिक सञ्जालमा पनि हालिरहे । तर उनको उद्देश्य प्रस्ट भएको छैन ।