फागुनमा विवाह गर्दै अभिनेत्री आँचल शर्मा

Newslaya Home

फागुनमा विवाह गर्दै अभिनेत्री आँचल शर्मा

आइतबार २६, माघ २०७६

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री आँचल शर्माको विवाह तय भएको छ । प्रेमी डा.उदिप श्रेष्ठसँग शर्माको विवाह फागुनको अन्तिम साता हुने बताइएको छ ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको पारिवारिक सल्लाह र समझदारीका आधारमा नै बिहे हुन लागेको हो । विवाहको केही समयअघि फूलमाला समेत हुने शर्माले खुलाएकी छन् ।

विभिन्न म्युजिक भिडियोमा सक्रिय रहेकी शर्माले विवाहपछि पनि यो क्षेत्र नछाड्ने घोषणा गरेकी छन् ।

बेलामौका मिडियासँगको विवादमा तानिने गरेकी शर्मा पछिल्लो समय चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा व्यस्त थिइन् ।