एक सैनिकले जथाभावी गोली चलाउँदा २० जनाको मृत्यु

Newslaya Home

एक सैनिकले जथाभावी गोली चलाउँदा २० जनाको मृत्यु

आइतबार २६, माघ २०७६

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए ।

त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरी जथाभावी गोली चलाएका थिए ।

त्यसअघि उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ ।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।