आज सुशील कोइरालाको पाँचौं स्मृति दिवस

Newslaya Home

आज सुशील कोइरालाको पाँचौं स्मृति दिवस

आइतबार २६, माघ २०७६

काठमाडौं । नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज (आइतबार) पाँचौं स्मृति दिवस परेको छ । वि.सं. १९९६ साउन २८ गते विराटनगरमा जन्मिएका कोइरालाको ०७२ माघ २६ गते काठमाडौंमा निधन भएको थियो । केही दिन सामान्य ज्वरोका कारण अस्वस्थ भएका उनको निमोनियाका कारण आकस्मिक निधन भएको बताइएको थियो ।

नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कोइरालाकै नेतृत्वमा ०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गरिएको थियो । कोइराला नेपालको व्यवस्थापिका संसदबाट ०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए ।

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । वन अधिकृत बोधप्रसाद जागिरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए । त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो ।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए । पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। त्यतिबेलासम्म सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन् ।

सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा कोइराला नेपाली काँग्रेसको सभापति चुनिएका थिए ।