बिकिनी लगाएकी बेलायती महिला माल्दिभ्सबाट पक्राउ

Newslaya Home

बिकिनी लगाएकी बेलायती महिला माल्दिभ्सबाट पक्राउ

शनिबार २५, माघ २०७६

एजेन्सी । माल्दिभ्सको माफुसीस्थित एक आइल्याण्डबाट बिकिनी लगाएकी एक महिलालाई पक्राउ गरिएको छ ।

बेलायती पर्यटक रहेका उनलाई बिकिनी लगाएको आरोपमा पक्राउ गरिएको हो ।
बिकिनी लगाउनु गैरकानुनी नभए पनि सरकारले कडाइका साथ प्रतिबन्ध लगाएको टापुबाट पक्राउ जरेका ती महिलाले आफूलाई तीनजना प्रहरीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

उक्त घटनापछि एक प्रहरीले उनलाई टावेल दिँदै शरीर ढाक्न लगाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । भिडियोमा ‘तिमीले मलाई यौन हिंसा गरिरहेका छौ !’ भन्दै चिच्याउँदै गरेको अवस्थामा ती महिलालाई देख्न सकिन्छ ।