झापाका अपर्ण शर्माले फेरि विश्व कीर्तिमान बनाए

Newslaya Home

झापाका अपर्ण शर्माले फेरि विश्व कीर्तिमान बनाए

शनिबार २५, माघ २०७६

काठमाडौं । झापाका अपर्ण शर्मा कट्टेलले फेरि अर्को विश्व कीर्तिमान कायम गरेका छन् ।

स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरिसकेका अपर्ण शर्माले एक मिनटमा ८३ वटा शब्दको क्रम याद गरी उल्टो, सुल्टो र नम्बर सहित भनि अर्को विश्व रेकर्ड कायम गरेका हुन् ।

देशका विभिन्न ठाउँमा स्मरणशक्ति अभिवृद्धि सम्बन्धी तालिम दिनमा व्यस्त रहेका शर्माले उक्त रेकर्डबारे जानकारी दिँदै चाँडै त्यसको औपचारिक प्रमाणपत्र पनि प्राप्त गर्ने बताए । अपर्ण शर्माले यसअघि सन् २०१४ सेप्टेम्बर २६ मा एक मिनेटमा ४२ वटा वस्तु चिनेर कीर्तिमान कायम गरेका थिए ।