कोरोनाभाइरसः ज्यान गुमाउनेको संख्या ७२२ पुग्यो, ३४ हजार ५४६ संक्रमित

Newslaya Home

कोरोनाभाइरसः ज्यान गुमाउनेको संख्या ७२२ पुग्यो, ३४ हजार ५४६ संक्रमित

शनिबार २५, माघ २०७६

काठमाडौं । विश्वका २५ देश फैलिसकेको कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ ।

शनिबारसम्म ७२२ को मृत्यु हुनका साथै ३४ हजार ५४६ मा कोरोनाभाइरस संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाबाट हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै कोरोना भाइरस पहिचान गर्ने ३४ वर्षीय चिकित्सक लि वेनलियाङको मृत्यु भएको थियो ।

छिमेकी मुलुक भारत, नेपाल लगायत देशहरुमा कोरोनाको संक्रमण थप देखिदै गएको छ । कोरोनाको प्रकोप फैलिएको वुहानमा रहेका १८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।