इटहरीका मेयर चौधरीको नेतृत्वमा तीन घर भत्काइयो

Newslaya Home

इटहरीका मेयर चौधरीको नेतृत्वमा तीन घर भत्काइयो

शनिबार २५, माघ २०७६

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित रहेको तीन घरमा डोजर चलाइएको छ ।

फोहोर फाल्ने ठाउँ जाने बाटोमा लामो समय देखि अतिक्रमण गरेर बसेको भन्दै इटहरीका मेयर द्धारिकलाल चौधरीको नेतृत्वमा तीन घर भत्काइएको हो ।

नेपाल प्रहरी र नगरप्रहरी समेत लिएर घर भत्काउन गएका मेयर चौधरीले बाटो अतिक्रमण गरेर घर बनाएको कारण समस्या भएकाले इटहरी उपमहानगरपालिकाले डोजर चलाएको बताए ।