कजाकस्तानको एक गाउँमा भिडन्त, आठ जनाको मृत्यु एक दर्जन घाइते

Newslaya Home

कजाकस्तानको एक गाउँमा भिडन्त, आठ जनाको मृत्यु एक दर्जन घाइते

शनिबार २५, माघ २०७६

एजेन्सी । मध्य एसियाली मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा भिडन्त हुँदा आठ जनाको मृत्यु भएको छ ।

शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएको कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले जानकारी दिए ।

स्थानीय गाउँलेहरुबीच भएको भिडन्तमा प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ ।
घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन नसके पनि मुख्य रुपमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको द्वन्द्वमा स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको तस्वीरहरु सामाजिक सञ्जालमा राखिएका छन् ।