चुलियो द्वारिकलाल–रामप्रसाद विवाद : द्वारिकको पक्राउ अभियान, रामप्रसादले खोले विवादको राज

Newslaya Home

चुलियो द्वारिकलाल–रामप्रसाद विवाद : द्वारिकको पक्राउ अभियान, रामप्रसादले खोले विवादको राज

शुक्रबार २४, माघ २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी र इटहरी खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईबिचको विवाद चुलिएको छ । बिचमा केही समय साम्य झै देखिएको विवाद पछिल्लो समय फेरी चुलिएको हो ।

चौलागाईले सार्वजनिक खोला मिचेर घर बनाएको भन्दै आक्रामक मेयर चौधरीले उनलाई पत्रन नगर प्रहरी परिचालन गरेका थिए । चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्ने गाडीमा चौलागाईलाई ल्याउन नगर प्रहरीलाई अह्राएका थिए । मेयरको निर्देशन पछी चौलागाईको घर तथा खानेपानी कार्यालय र इटहरीको नगर पार्टी कार्यालयसमेत नगर प्रहरीहरु पुगेका थिए ।

यता चौलागाईले पनि चौधरीविरुद्धको फेसबुक स्टाटस जारी राखेका छन् । लामो समयदेखि चौधरीले विभिन्न धम्कीहरु दिँदै आएपनि चुपचाप बसेका चौलागाई केही समयदेखि भने सामाजिक सञ्जालमार्फत् आफु निर्दोष रहेको भन्दै स्टाटस लेख्दै आएका छन् । चौधरी र चौलागाई बिचको विवाद चर्किनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । तर न्युजलयलाई प्राप्त जानकारीअनुसार दुवैबिच खानेपानीको जग्गा किन्दा कमिसनको विवाद थियो । तर चौधरीले पनि यो विषयमा सोझै केही भनेका छैनन् ।

उनले शुक्रबार साँझ एउटा स्टाटस पोष्ट गर्दै मेयर चौधरी आफुसँग रिसाउनुको कारण खोलेका छन् । उनले खानेपानीको लागि जग्गा किन्दा ४५ लाख रुपैया पैसा मागेको र दिन नसक्दा आफूविरुद्ध आक्रामक बनेको आरोप लगाएका छन् ।

उनले तीन ठाउँ खानेपानीको लागि जग्गा किन्दा जनही १५ लाख रुपैया गरेर ४५ लाख रुपैया मागेको बताएका छन् ।

‘चुनावको ऋण र छोराको विवाहको ऋण तिर्नु छ, ४५ दे भन्नुभयो,’ उनले स्टाटस लेखेका छन्, ‘तर यो मबाट सम्भव छैन भनेसी मैले तेरो कारणले ३ कट्ठा जग्गा ७२ लाखमा बेचि ऋण तिरें अब म देखाइ दिन्छु भन्नुभयो ।’

पैसा मागेको आरोप चौलागाईले लगाएपनि मेयर चौधरीले अहिलेसम्म भ्रष्टाचारविरोधीको छवि बनाएका छन् । उनी भ्रष्टाचारी कर्मचारीहरुविरुद्धसमेत आक्रमक छन् ।