उपमहानगरको पत्रपछि कार्यालयमा रहेको खानेपानी काउन्टर हटाइदै

Newslaya Home

उपमहानगरको पत्रपछि कार्यालयमा रहेको खानेपानी काउन्टर हटाइदै

शुक्रबार २४, माघ २०७६

इटहरी । इटहरी उप महानगरपालीका परिसरमा सन्चालन हुँदै आएको खानेपानीको काउन्टर हटाइने भएको छ ।

२०५९ साल देखि उपभोक्ताहरुको सुबिधाका लागि सन्चालन हुँदै आएको काउन्टर माघ २६ गतेदेखी हटाइने भएको हो ।

काउन्टर हटाउन उप महानगरपालीकाले गत माघ १० गते सात दिने म्याद सहितको पत्र काटेको थियो । इटहरी चोकका उपभोक्ताहरुलाई खानेपानीको बिल तिर्न सुबिधा दिदै आएको उक्त काउन्टर हटाइएपछी बिल तिर्न संस्थाको मुख्य कार्यलय इटहरी -४ मै जानुपर्ने बाध्यता बनेको छ ।

खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौलागाई र इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीबिच लामो समयदेखी मनमुटाव चलिरहंदा काउन्टर हटाइनुलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

Image may contain: text

1 प्रतिकृयाहरू प्राप्त
  • Kiranलेख्नुहुन्छ
  • |
  • शनिबार २५, माघ २०७६
खाने पानी सस्थाले अरु ठाउँमा यस्ता काउण्टर हरेक वडामा खोल्दा भो नि किन रोइलो गर्या ।