सुनसरीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु, एक दर्जन घाइते (नामसहित)

Newslaya Home

सुनसरीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु, एक दर्जन घाइते (नामसहित)

आइतबार १९, माघ २०७६

इटहरी । इनरुवाको सखुवागाछिमा आइतबार बिहानै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । हायस र नाईट बस एकआपसमा जुद्दा १६ जना बढी घाइते भएका छन् ।

पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा जुधेका थिए । दुर्घटनामा चालक धादिङका २८ वर्षिय दिपक खड्का, झापा घर भइ काठमाडौ बस्ने ७५ वर्षिय हेमराज कोइराला, स्थानीय ६५ वर्षिय डोलमाया कोइराला र भक्तपुरकी १७ वर्षिय गरिमा गौतमको ज्यान गएको हो ।
घटनामा १३ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको नाम र उनीहरुको अवस्थाः

  • मोरङ सुन्दरहरैचा ९ बस्ने बर्ष २९ कि रबिना चौहान एपेक्स अस्पताल इटहरी –सामान्य ।
  • दमक -३ बस्ने बर्ष ३० को बम ब. बस्नेत एपेक्स अस्पताल इटहरी –सामान्य ।
  • झापा भद्रपपुर बस्ने बर्ष १२ को बिन्यास काफ्ले एपेक्स अस्पताल इटहरी – सामान्य ।
  • झापा धरमपुर ९ बस्ने बर्ष ३७ को होम ब. दर्जी धरान घोपा – गम्भिर ।
  • झापा भद्रपुर १० बस्ने बर्ष ४५ को टंक प्रसाद काफ्ले धरान घोपा –गम्भिर ।
  • मोरङ पथरी ३ बस्ने बर्ष ४९ को डिल्लिराम बासकोटा गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • भद्रपुर १० बस्ने बर्ष ४१ कि तारा कुमारी राय गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • भद्रपुर ३ बस्ने बर्ष ३८ कि माया काफ्ले गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • झापा बस्ने बर्ष ३५ कि साबित्रा राई गोल्डेन अस्पताल बिराटनगर – गम्भिर ।
  • सहचालक सोलु बस्ने बर्ष २३ को केदार बस्नेत गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • झापा कचनकवल गाउँपालीका २ बस्ने बर्ष २५ को श्रीकृष्ण चौहान गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • काठमाण्डौ अनामनगर बस्ने सुधिर श्रेष्ठको छोरी बर्ष ७ कि अग्रता श्रेष्ठ गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।
  • काठमाण्डौ अनाम नगर बस्ने बर्ष २८ कि रमुना श्रेष्ठ गोल्डेन अस्पताल बिराटनगर – सामान्य ।

1 प्रतिकृयाहरू प्राप्त
  • Leon hyarriलेख्नुहुन्छ
  • |
  • बुधबार २२, माघ २०७६
Mirta aatma ko chirr santi ko kamana ,ghaitey jan ko sigra swasthya lav ko mangal kamana , ghatana aakashmik ho ke bus wa micro ko galti jasko bhayeapani aagami din haru ma long duri ko yatra ma 2 jana chalk aaniberya garau , every passengers bima compulsory garau thanks