इटहरीमा सुरु भयो ढाका बुनाइको तालिम

Newslaya Home

इटहरीमा सुरु भयो ढाका बुनाइको तालिम

शुक्रबार १७, माघ २०७६

इटहरी । सुनसरीको इटहरीमा ढाका बुनाइ सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।

नेपाली उत्पादन ढाकाको माग नेपालमा मात्र नभएर विदेशमा समेत अत्याधिक रहेको कारण महिलाहरुलाई प्रशिक्षण दिन लागिएको हो । १ नम्बर प्रदेश योजना आयोग सदस्य मिना भण्डारीको प्रमुख आतिथ्यमा उदुघाटन गरिएको ढाका बुनाईको तालिमबाट करिब १ सय जनाले रोजगारी पाउने विश्वास गरिएको छ ।

महिला बचत तथा ऋण सहकारी संस्थाद्धारा घरमै बसेर आम्दानी गर्न मिल्ने गरि महिलाहरुले घरको काम मात्र गर्नु पर्छ भन्ने सोचलाई परिवर्तन गर्दै उद्यमी समेत बन्न सक्छन भन्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको सहकारीकी अध्यक्ष अमृता सुब्बाले बताईन् ।

महिलाहरुले घरको काम सँगै आफूले समय अनुकुल मिलाएर काम गर्दा एक हप्तामा करिब ३ देखि ५ वटा सम्म ढाकाको साडी तयार गर्न सकिने र त्यस वापत मासिक करिब १५ हजार देखि २५ हजार सम्म आम्दानी गर्न सकिने भएको प्रशिक्षक डम्बर कुमारी श्रेष्ठले जानकारी दिइन् ।