ईलामबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

Newslaya Home

ईलामबाट भरुवा बन्दुक सहित दुई जना पक्राउ

शुक्रबार १७, माघ २०७६

ईलाम । ईलामबाट भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरीएको छ । ईलामको माङसेवुङ गाउँपालिका–३ का २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राईलाई पक्राउ गरीएको हो ।

दुबैजनालाई गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई दुई थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १५० ग्राम बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । भरुवा बन्दुक सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।