‘पुर्वमा पनि चन्द्रागिरी हिल्स जस्तै पर्यटकीय स्थल बनाउने सोँच छ’ (भिडियो)

Newslaya Home

‘पुर्वमा पनि चन्द्रागिरी हिल्स जस्तै पर्यटकीय स्थल बनाउने सोँच छ’ (भिडियो)

शुक्रबार १७, माघ २०७६

इटहरी । तपाई काठमाडौ नजिकैको पर्यटकीय स्थल चन्द्रागिरी हिल्स पुग्नुभएको छ ? छ भने तपाई पक्कै छक्क पर्नुभयो होला । राजधानीभन्दा परको डाँडोमा सुविधासम्पन्न होटल, लज, विशाल मन्दिर अनि केवलकारको सुविधा पुर्याइएको छ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको र धार्मिक, प्राकृतिक हिसाबले निकै महत्वपूर्ण उक्त ठाउँ अहिले धेरै मान्छे पुग्ने पर्यटकीय स्थल बनेको छ ।

चन्द्रागिरी हिल्स कसरी स्थापना भयो, र सञ्चालनका समस्या र चुनौतिहरु केके छन् भन्ने विषयमा जनरल मेनेजर अभिषेकविक्रम शाहसँग हामीले कुरा गरेका छौं । उनले पुर्वमा पनि यस्तै विशाल परियोजना सञ्चालन गरी पर्यटकीय स्थल बनाउने सोँच रहेको बताएका छन् ।