इटहरी वडा नं. १२ का बालबालिकाले लिए क्षमता विकास तालिम

Newslaya Home

इटहरी वडा नं. १२ का बालबालिकाले लिए क्षमता विकास तालिम

बुधबार १५, माघ २०७६

इटहरी । इटहरी वडा नं. १२ का बालबालिकाको लागि सञ्चालन गरिएको सात दिने बाल ससक्तिकरण तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

वडा कार्यालयको सहयोग र नेप्ली मिडिया प्रालिको आयोजनामा खनार रेडक्रसमा गरिएको तालिममा १२ नं.वडाका पाँच वटा विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

तालिममा नेप्ली मिडिया प्रालिका निर्देशक तथा पत्रकार हिमाल दाहाल, कलालय इटहरीका सोनु जयन्ती, जिवन विज्ञानकि उसा बरालले सहजिकरण गरेका थिए ।

तालिमले आफूहरुलाई कुनैपनि कार्यक्रम निर्धक्कका साथ सञ्चालन गर्न सक्षम बनाएको बालबालिकाहरुको भनाई छ । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नं. १२ का वडाध्यक्ष हेमानन्द दाहालले तालिमपछि बालबालिकाको क्षमतामा उल्लेख्य वृद्धि भएको भन्दै खुसी व्यक्त गरे । उनले तालिम उपलब्धीमुलक भएको भन्दै धन्यवाद दिए । साथै आगामी दिनमा पनि तालिमको जिम्मा दिने प्रतिबद्धता जनाए ।