भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा.निर्मल लामिछाने

Newslaya Home

भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा.निर्मल लामिछाने

बुधबार १५, माघ २०७६

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा.निर्मल लामिछाने नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले लामिछाने अध्यक्षमा नियुक्त गरेको हो । लामिछाने वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा क्यान्सर अस्पताल भरतपुरमै कार्यरत छन् । उनले अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका थिए ।

वि.सं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएकी थिइन् ।