शुल्क फिर्ता नगरेको भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको धर्ना

Newslaya Home

शुल्क फिर्ता नगरेको भन्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको धर्ना

बुधबार १५, माघ २०७६

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुले लामो समयदेखि शुल्क फिर्ता र समायोजन नगरेको भन्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन् ।

सरकारले शुल्क फिर्ता र समायोजन गर्न निर्देशन दिएपनि कलेजहरुले शुल्क फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले बुधबार धर्ना दिएका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समितिको नेतृत्वमा चिकित्सा शिक्षा आयोग पुगेका विद्यार्थीहरुले आयोगका पदाधिकारीहरुसँग भने भेट्न पाएनन् ।

संघर्ष समितिका प्रवक्ता नरेश भट्टले आयोगले पहल नगर्दा लामो समयदेखि शुल्क फिर्ता हुन नसकेकाले आयोगको ध्यानाकर्षण गराएको बताए ।

सरकारको निर्देशनपछि पनि चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, युनिर्भसल मेडिकल कलेज भैरहवालगायतका कलेजले अझै शुल्क फिर्ता गरेका छैनन् ।