इटहरीमा बसको ठक्करबाट एक जना घाइते

Newslaya Home

इटहरीमा बसको ठक्करबाट एक जना घाइते

बुधबार १५, माघ २०७६

इटहरी । सुनसरीको एटहरी–१७ कान्छिचौक स्थित बसको ठक्करबाट एक जना घाइते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख ५१६९ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री खोटाङ घर भई हाल इटहरी बस्दै आएका कृष्ण गौतम घाइते भएका हुन् ।

पुर्व पश्चिम लोकमार्गमा भएको दुर्घटनामा घाइते बनेका गौतमको उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । उक्त बस चालक इटहरी–१७ घर भएका सम्पतलाल चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय पकलीले जनाएको छ ।