कोरोना भाइरसको त्रास : आजदेखि रसुवागढी नाका बन्द

Newslaya Home

कोरोना भाइरसको त्रास : आजदेखि रसुवागढी नाका बन्द

बुधबार १५, माघ २०७६

रसुवा । रसुवागढी नाका आज (बुधबार) बाट १५ दिनका लागि बन्द गरिने भएको छ ।

मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजबाट नाका बन्द गर्ने निर्णय गरेको हो ।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको जनाएको छ ।

नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन सरकारले सक्रियता देखाएको छ ।

काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाइएको छ ।

त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।