कोरोनाभाइरस अति प्रभावित वुहानका नेपालीको सरकारसँग यस्तो छ गुनासो

Newslaya Home

कोरोनाभाइरस अति प्रभावित वुहानका नेपालीको सरकारसँग यस्तो छ गुनासो

मङ्गलबार १४, माघ २०७६

बिबिसि । चीनस्थित कोरोनाभाइरस सङ्क्रमित क्षेत्रमा रहेका नेपालीहरूले नेपाल सरकारले पर्याप्त कूटनीतिक पहल गरेर आफूहरूलाई तत्कालै घर फर्काउनुपर्ने माग गरेका छन् ।

कोरोनाभाइरस सङ्क्रमण सुरु भएको र सबैभन्दा बढी प्रभावित भएको चीनको वुहान सहरमा करिब एक सय नेपालीहरू रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

वुहानस्थित एक विश्वविद्यालयमा अध्ययनरत दोलखाका विदुर पाठकले नेपालबाट अध्ययन र कामका लागि वुहान पुगेर बसेकाहरूमा अहिले चिन्ता बढेको बताए ।

उनल भने, ‘यहाँ खानेकुराको पनि समस्या भइसक्यो। फलफूल र तरकारीको अभाव छ । पाइए पनि धेरै मूल्य तिर्नुपर्छ । हाम्रो दूतावास र चीन सरकारले मिलेर हामीलाई यहाँबाट स्वदेश फर्काउलान् भन्ने आशामा बसेका छौँ ।’

उनले त्यहाँ रहेका नेपालीहरूले घर फर्किन चाहेको तर नेपाल सरकारले ठोस कदम नचाल्दा अन्यौलमा रहेको बताए ।

पाठकले भने, ‘नेपालमा परिवारलाई पनि चिन्ता भइरहेको छ। हाम्रो दूतावासले धैर्य गर्नु भनेको भए पनि सोचेजस्तो अवस्था यहाँ छैन ।’