मोरङकी एक महिलाले गरिन् प्रेमीसँग मिलेर श्रीमानको हत्या

Newslaya Home

मोरङकी एक महिलाले गरिन् प्रेमीसँग मिलेर श्रीमानको हत्या

मङ्गलबार १४, माघ २०७६

मोरङ । मोरङमा प्रेमीसँग मिलेर एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ ।

माघ ६ गते मृत फेला परेका मोरङको कटहरी नगरपालिका–७ का ४५ वर्षीय विकास सरदारको उनकै श्रीमती दयावती सरदारले प्रेमीसँग मिलेर हत्या गरेको खुलासा भएको हो ।

ग्रामथान गाउँपालिका–३ ढङटोलीस्थित सडक छेउमा रहेको पानी जेमेको खाल्डोमा विकास मृत भेटिएका थिए । टाउकामा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका विकास हत्या हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा विकासको हत्या उनकै श्रीमती दयावतीले आफ्नो प्रेमी कटहरी–७ कै ३६ वर्षीय बद्री सरदारसँग मिलेर हत्या गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

माघ ५ गते राति ८ बजे बद्रीसँगै ललन सरदार र मुकेश सरदार विकासको घर गई तास खेल्न जाउँ भन्दै विकासलाई घरबाट ल्याएका थिए । विकासकै श्रीमतीको पूर्वयोजनाअनुसार बाटोमा ल्याएपछि रडले टाउकोमा हानेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

दयावती र बद्रीबीच शारिरीक सम्बन्ध रहेको र उक्त विषयमा उनीहरुबीच विवाद भएपछि उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।