लाहोरमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

Newslaya Home

लाहोरमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु

मङ्गलबार १४, माघ २०७६

काठमाडौं । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ‘लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,’ पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ ।

डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२ जनाको मृत्यु भएको बताएको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु हुन पुगेको एक प्रत्यक्षदर्शीले बताए ।