“पत्रकारलाई लाइसेन्स आवश्यक छैन” : महासंघ अध्यक्ष

Newslaya Home

“पत्रकारलाई लाइसेन्स आवश्यक छैन” : महासंघ अध्यक्ष

मङ्गलबार १४, माघ २०७६

काठमाडौं । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत गरिएको पत्रकारलाई लाइसेन्स लिने चाहिने व्यवस्था पारित गर्न नहुने बताइएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति सार्वजनिक गर्न पाउनुपर्ने भएकाले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका हुन् ।

अध्यक्ष आचार्यले विधेयकमा भएका जरिवाना हटाउने, काउन्सिल गठनलगायतका केही प्रावधानमा सकारात्मक परिवर्तन भएको बताउँदै राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स आवश्यक नरहेको बताएका छन् ।