एनसेलको टावर र सिम प्रयोग नगर्न विप्लवको आग्रह

Newslaya Home

एनसेलको टावर र सिम प्रयोग नगर्न विप्लवको आग्रह

मङ्गलबार १४, माघ २०७६

धनकुटा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्द (बिप्लव) समूहले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न आग्रह गरेको छ ।

एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउन, सिम तथा रिचार्ज कार्ड बिक्रि बितरण नगर्न र एनसेल सिमको प्रयोग बन्द गर्न अपिल गरिएको हो ।

"नो ट्याक्स नो एनसेल" भन्ने अभियानलाई सफल बनाउनुपर्ने उल्लेख गर्दै पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले प्रेस बिज्ञप्ती जारी गरि धनकुटाबासीहरुलाई एनसेल बहिस्कार गर्न अपिल गरेका हुन् ।

‘घरको छतमा जडान गरिएको एनसेलको टावर हटाउन अनुरोध गर्दछौं । साथै एनसेलको सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री बितरण गर्ने सवै व्यवसायी तथा जनसमुदायलाई कारोबार तथा सिम प्रयोग नगर्न अनुरोध छ ।’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिः