विराटनगरबाट लागुऔषसहित एक जना प्रहरी पक्राउ

Newslaya Home

विराटनगरबाट लागुऔषसहित एक जना प्रहरी पक्राउ

सोमबार १३, माघ २०७६

मोरङ । भारतको जोगवनीबाट ल्याउँदै गरेको लागुऔषधसहित एक जना प्रहरी जवान विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास–१४ घर भएका २३ वर्षीय प्रहरी जवान सरोज गिरी रहेका छन् ।

पैदल हिँडिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक गर्ने क्रममा उनले लगाएको ज्याकेटको गोजीबाट एक सय ४४ ट्याब्लेट स्पास्मो प्रोक्सिभन नामक लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागुऔषध फेला परेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

कारागार सुरक्षा गार्ड झापामा दरबन्दी भएका प्रहरी जवान गिरी दंगा नियन्त्रण प्रहरी गण दुहवी सुनसरीमा कार्यरत छन् ।