शंकास्पद दुई बिरामी कोरोना भाइरस संक्रमित नभएको पुष्टी

Newslaya Home

शंकास्पद दुई बिरामी कोरोना भाइरस संक्रमित नभएको पुष्टी

सोमबार १३, माघ २०७६

काठमाडौं । शंकास्पद दुई बिरामी कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टी भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन जना शंकास्पद बिरामीको घाँटीमा भएको स्वाब जाँच गरेकोमा दुई जनामा नोभल कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको हो ।

प्रयोगशालाका अनुसार बाँकी एक जनाको स्वास्थ्य परिक्षण रिपोर्ट मंगलबार मात्र आउनेछ ।

शंकास्पद तीन जना बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनीहरुलाई नोभल कोरोनाभाइरस भए वा नभएको पुष्टी गर्न प्रयोगशालामार्फत स्वाब जाँच गरिएको थियो ।

कोरोनाभाइरस नेगेटिभ देखिएका दुई बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबार डिसचार्ज गरिसकेको छ ।

नेपालमा यसअघि नोभल कोरोनाभाइरस जाँच्ने उपकरण भए पनि रिएजेन्टको अभावमा सञ्चालनमा आउन सकेको थिए ।

तर, प्रयोगशालाले रिएजेन्ट ल्याएर नोभल कोरानाभाइस जाँच्न उक्त ल्याब पहिलो पटक सञ्चालनमा ल्याएको हो ।