इटहरीका मेयर चौधरीको एकल निर्णयमा १२ जना कर्मचारी निकालिए

Newslaya Home

इटहरीका मेयर चौधरीको एकल निर्णयमा १२ जना कर्मचारी निकालिए

सोमबार १३, माघ २०७६

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत १२ जना कर्मचारीहरुलाई जागिरबाट निकालिएको छ ।

कर्मचारीहरुको करार सम्झौता नवीकरण नगरिने गरि मेयर द्वारिकलाल चौधरीको एकल निर्णय भएकाले उनीहरू जागिरबाट निकालिएका हुन् ।

करार नवीकरण नहुने कर्मचारीमा अधिकांश स्वास्थ्य सेवाका निकालिएको जनाइएको छ । १२ जना मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी छन् भने दुईजना कम्प्युटरसम्बन्धी र एकजना अमिनसमेत रहेका छन् ।

कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेर उपमहानगरको खर्च कटौती गरेको इटहरीका मेयर चौधरीले बताएका छन् ।
जागिरबाट निकालिएका कर्मचारीहरूको नामसूची: