प्रदेश सांसद खातुन कीर्ते काण्डमा दोषी ठहर

Newslaya Home

प्रदेश सांसद खातुन कीर्ते काण्डमा दोषी ठहर

सोमबार १३, माघ २०७६

विराटनगर । प्रदेश १ सभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएपछि फरार भएकी छिन् ।

खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत कीर्ते गरेका थिए ।

उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेसँगै खातुन कीर्ते मुद्दामा दोषी ठहरिएकी हुन् । गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।

खातुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिइ सरकारी छाप दस्तखत कीर्ते गरेको बताइएको छ ।