हवाई आक्रमणमा एकै परिवारका सात जना मारिए

Newslaya Home

हवाई आक्रमणमा एकै परिवारका सात जना मारिए

सोमबार १३, माघ २०७६

काठमाण्डौ । उत्तर अफगान प्रान्तमा अफगान सरकारको हवाई हमलामा परि कम्तिमा ७ जना जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालबालिका र चार महिला रहेका छन् ।

अफगानिस्तानको एक स्थानीय सञ्चारमाध्यमका अनुसार हवाई हमलामा मारिनेहरू एकै परिवारका हुन् । उक्त हमला सरकारले नियन्त्रणमा लिएको क्षेत्रमा गरेका थिए।