क्यानडामा सम्पन्न कराते च्याम्पियनसिपमा पर्शुरामलाई दोहोरो स्वर्ण

Newslaya Home

क्यानडामा सम्पन्न कराते च्याम्पियनसिपमा पर्शुरामलाई दोहोरो स्वर्ण

आइतबार १२, माघ २०७६

काठमाडौं । करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् ।

वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्णपदक जित्न सफल भएका हुन् ।

पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र दोस्रो बाउटमा २८.४ अंक जोडेका थिए । यस्तै सिनियर मेल काता ट्रयाडिसनलको फाइनलमा २९.२ अंक र २७.८ अंक जोड्दै स्वर्ण जित्न सफल भए ।

दोहोरो स्वर्ण हात पारेसँगै पर्शुराम च्याम्पियन अफ दि च्याम्पियन समेत घोषित भए । यससँगै उनले ४ सय क्यानेडियन डलर हात पारे । पर्शुराम पछिल्लो समय क्यानडामै रहदै आएका छन् ।