इटहरीमा कवि राजकुमार कार्कीको कविता संग्रह लोकार्पण

Newslaya Home

इटहरीमा कवि राजकुमार कार्कीको कविता संग्रह लोकार्पण

शनिबार ११, माघ २०७६

इटहरी । सुनसरीको इटहरीमा बरिष्ठ कवि तथा पत्रकार राजकुमार कार्कीद्वारा लिखित कविता संग्रह लोकार्पण गरिएको छ ।

प्रगतिशील लेखक संघ सुनसरीद्वारा प्रकाशित कविता संग्रह “राजकुमार कार्कीका कविता” शनिबार लोकार्पण गरिएको हो ।

लेखेकै कारण लामो सयम जेल जीवन भोगेका कार्कीका संग्रहमा समेटिएको कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ उपेन्द्र पागल, प्राडा भीम खतिवडा, बम देवान, कृष्णबिनोद लम्साल, मनु मन्जिल, बिक्रमश्री, प्रलेस सुनसरी अध्यक्ष राम खरेललगायतले गरेका हुन् ।

अग्रज पत्रकार तथा लेखकका सहोदर भाई किशोरकुमार कार्कीले कार्कीको लेखनीबारे उल्लेख गरेमा थिए । सोही कार्यक्रममा कवि कार्कीको नाममा एक श्रष्टालाई पुरस्कार र एकजनालाई सम्मान गर्ने गरी दस लाखको अक्षयकोषको स्थापना गर्ने प्रलेस सुनसरी अध्यक्ष राम खरेलले घोषणा गरे ।