अजयको ‘तानाजी’ यो वर्षको २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म

Newslaya Home

अजयको ‘तानाजी’ यो वर्षको २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म

शनिबार ११, माघ २०७६

एजेन्सी । अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियर’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । फिल्मले राम्रो प्रतिक्रियाहरु प्राप्त गरेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले यस कुराको जानकारी दिएका हुन् । उनका अनुसार तानाजीले २ सय करोड क्लबमा प्रवेश गरेको छ । यसका साथै यो वर्षको २०० करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म पनि बनेको छ ।

फिल्मले १५ औं दिनमा आएर २ सय करोड क्लबमा प्रवेश गरेको हो ।