डढेलोले अस्ट्रेलियामा ६० वर्षयताकै धेरै कार्बन डाइअक्साइड उत्सर्जन

Newslaya Home

डढेलोले अस्ट्रेलियामा ६० वर्षयताकै धेरै कार्बन डाइअक्साइड उत्सर्जन

शनिबार ११, माघ २०७६

काठमाण्डौ । अस्ट्रेलियामा डढेलोका कारण ६० वर्षयताकै धेरै कार्बन डाइअक्साइड उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। बेलायतको मेट अफिसले सो तथ्य सार्वजनिक गरेको हो।

मेट अफिसले विगत ६० वर्षदेखि विश्वमा कार्बन डाईअक्साइडबारे तथ्यांक संकलन गर्दै आएको छ । मानव निर्मित हरितगृहले कार्बन डाइअक्साइड उत्सर्जनमा ठूलो हिस्सा लिएपनि अस्ट्रेलियाको डढेलोबाट उत्पन्न धुवाले वातवरणीय चक्रमा चुनौती थपेको तथा विश्वकै वातावरणमा असर गर्ने बताइएको छ।

मे महिनामा कार्बन डाइअक्साइड उत्सर्जनको संख्या दश लाखबाट थप ४ सय १७ को संख्यामा वृद्धि हुने अनुमान गरिएको छ। वैज्ञानिकहरुले पृथ्वीमा कार्बन डाइअक्साइडको मात्रा सोचेभन्दा धेरै भइसकेको जनाएका छन्।

मेट अफिसले गरेको अनुमान अनुसार मानव सिर्जित कार्बन डाइअक्साइड उत्सर्जनमा करिब १० प्रतिशतले वृद्धि हुने र त्यसमा अस्ट्रेलियाको डढेलोले पाँचमध्ये एक भाग योगदान गर्ने बताइएको छ।

गत महिनानै क्लाईमेट चेन्ज परर्फमेन्स इन्डेक्सले अस्ट्रेलियालाई कार्बन डाइअक्साइड उत्सर्जन गर्ने ५७ वटा देशमध्ये सबैभन्दा खराबको सूचीमा राखेको थियो र रणनीति कार्यान्वयनको हिसाबमा एक सयमध्ये शून्य अंक प्रदान गरेको थियो।