खनारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

Newslaya Home

खनारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

शनिबार ११, माघ २०७६

इटहरी । इटहरी–१२ खनारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको को ९ प १६६६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

दुर्घटनामा मोरङका भानुभक्त भण्डारी घाइते भएका छन् । त्यस्तै मोरङकै सुजल खनालको भने विराटनगरको नोबेल अस्पतालमा आईसियुमा राखेर उपचार भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।