किड्स ह्याप्पी होमको आठौं वार्षीक खेलकुद सप्ताह सम्पन्न

Newslaya Home

किड्स ह्याप्पी होमको आठौं वार्षीक खेलकुद सप्ताह सम्पन्न

शनिबार ११, माघ २०७६

इटहरी । किड्स ह्याप्पी होमको आठौं वार्षीक खेलकुद सप्ताह सम्पन्न भएको छ । इटहरी –२० तरहरामा संचालित किड्स ह्यापी होमले आठौ खेलकुद सप्ताहा शुक्रवार सम्पन्न गरेको हो ।

खेलकुद सप्ताहामा बिभिन्न कक्षाका विद्यार्थीहरुले १९ विधामा सहभागीता जनाएका थिए । कार्यक्रममा अभिभावकहरु बीच पनि खेलकुदका कार्यक्रम गरिएको थियो ।

खेलकुद कार्यक्रममा सहभागी प्रतिष्पर्धी विद्यार्थीहरु मध्ये उत्कृष्ठ ३ जनालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुदका कार्यक्रमलाई मन्टेश्वरी पद्धतिलाई स्वीकार गर्ने तरिकाले सम्पन्न गरिएको किड्स ह्यापी होमकी प्रिन्सिपल रिता आर्चाय भुषालले बताइन् ।

स्कुलका संचालक समितिका अध्यक्ष समेत रहेका इटहरी –२० का वडा अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा स्कुलका डाइरेक्टर सुनिल भूषाल बिशिष्ठ अतिथिका रुपमा सहभागी थिए । यस स्कुलले विगत ८ बर्षदेखि तरहरामा मन्टेश्वरी पद्धतिबाट बालबालिकाहरुलाई अध्यापन गराउदै आईरहेको छ ।