बाह्रखरी बुक्सद्धारा दोस्रो कथा प्रतियोगिता

Newslaya Home

बाह्रखरी बुक्सद्धारा दोस्रो कथा प्रतियोगिता

शनिबार ११, माघ २०७६

काठमाडौं । संसारभर रहेका नेपाली कथा लेखकलाई कथा प्रतियोगितामा भाग लिन आह्वान गरिएको छ ।

बाह्रखरी बुक्सद्धारा आयोजित दोस्रो कथा प्रतियोगितामा प्राप्त भएका कथामध्ये आन्तरिक निर्णायक मण्डलले ५० कथा छान्ने र ती कथा निर्णायक मण्डललाई उपलब्ध गराउने छ ।

छनोट भएका कथा मध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

पत्रकार नारायण वाग्लेको संयोजकत्वमा उपन्यासकार अमर न्यौपाने र बिना थिङ तामाङ निर्णायक मण्डलमा रहने यस प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लो वर्षमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार तथा अवार्ड र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रथम कथा प्रतियोगितामा गत वर्ष नौ सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यस वर्ष अझ ठूलो सहभागिता हुने आयोजकको विश्वास रहेको छ ।