विप्लव समूहका मोरङ इन्चार्जद्वारा पार्टी त्याग गर्दै आत्मसमर्पण

Newslaya Home

विप्लव समूहका मोरङ इन्चार्जद्वारा पार्टी त्याग गर्दै आत्मसमर्पण

शनिबार ११, माघ २०७६

मोरङ । नेकपा विप्लवका मोरङ जिल्ला इन्चार्ज क्षितिज पौडेलले आत्मसमर्पण गरेका छन् । पटक पटक पक्राउ परेपछि उनले पार्टी त्याग गर्दै प्रशासनसमक्ष आत्मसमर्पण गरेका हुन् ।

पक्राउपछि उच्च अदालतले छाड्न आदेश दिएलगत्तै पौडेलले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मासमर्पण गरेका हुन् ।

सामान्य जीवनमा फर्कन पार्टी परित्याग गरेको जिल्ला प्रशासन कार्यालय मोरङमा पौडेलले दिएको निवेदनमा उल्लेख छ । अब विप्लव समूहसँग लागेर कुनै अवैध गतिबिधि नगर्ने भनि कागज गरेपछि छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।