सावधान ! नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

Newslaya Home

सावधान ! नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

शुक्रबार १०, माघ २०७६

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले स्वास्थ्य मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलनमार्फत तीन जनामा यो भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएको छ ।

साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।