हिसान स्पोर्टस मिट : शुक्रबार बिश्वआदर्श र कस्तुरी कलेज भिड्दै

Newslaya Home

हिसान स्पोर्टस मिट : शुक्रबार बिश्वआदर्श र कस्तुरी कलेज भिड्दै

बिहीबार ०९, माघ २०७६

इटहरी । हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत क्रिकेटको उपाधीका लागि बिश्वआदर्श र कस्तुरी कलेज भिड्ने भएका छन् । बिहिबार भएको खेलहरुमा बिजयी हुँदै बिश्वआदर्श र कस्तुरी कलेज उपाधी नजिक पुगेका हुन् । उपाधी भिडन्त शुक्रबार बिहान हुने आयोजकले जनाएको छ ।

बिहिबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा बिश्वआदर्श कलेजले पूर्वाञ्चल कलेजलाई सात विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा सुष्मा गोदावरी कलेजलाई १ सय २३ रनले पराजित गर्दै कस्तुरी कलेजले बिश्वआदर्शसंगको फाइनल भिडन्त पक्का गरेको छ ।

बिहिबार नै सम्पन्न फूटबलमा बिजयी हुँदै धरानको एम्स कलेज र पूर्वाञ्चल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार सम्पन्न पहिलो खेलमा एम्स कलेजले डिपोट माबिलाई टाइब्रेकरमा चार दुई गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । दोसा्रे खेलमा पूर्वाञ्चलले सियोन कलेजलाई दुई सुन्यले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बिहीबार नै हुने भनिएको महेन्द्र मेमोरियलमाबि र सुष्मा कलेज बिचको खेल भने बिवादका कारण स्थगित गरिएको छ ।