प्रदेश १ बाट राष्ट्रियसभाका लागि सबै नेकपाका उम्मेदवार निर्वाचित

Newslaya Home

प्रदेश १ बाट राष्ट्रियसभाका लागि सबै नेकपाका उम्मेदवार निर्वाचित

बिहीबार ०९, माघ २०७६

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।

अछामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् ।

अछामीले ६ हजार ३ सय ३० मत पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मत पाए ।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मत पाइन् ।

अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मत पाए ।