राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न, कति खस्यो मत ?

Newslaya Home

राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न, कति खस्यो मत ?

बिहीबार ०९, माघ २०७६

काठमाडौं । राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

बिहीबार बिहान १० बजेबाट सुरु भई अपरान्न ४ बजे सम्पन्न भएको मतदानमा ९८ प्रतिशत बढी मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरि साँझ ६ बजेसम्ममा मतगणनाको कार्य प्रारम्भ गरिने प्रवक्ता श्रेष्ठले बताए । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता रहेका थिए ।

निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम भएको छ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ। पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मतदान भइरहेको हो ।