पार्टीको निर्णयविपरीत राष्ट्रियसभामा मतदान

Newslaya Home

पार्टीको निर्णयविपरीत राष्ट्रियसभामा मतदान

बिहीबार ०९, माघ २०७६

जनकपुरधाम । नेपाली जनता दलबाट निर्वाचित दुई जनप्रतिनिधिले पार्टीको निर्णयविपरीत मतदान गरेका छन् ।

राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा भइरहेको निर्वाचनमा पर्साको पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियार र कालिकामाई गाउँपालिकाका प्रमुख नथुनीप्रसादले पार्टीको निर्णयविपरीत मतदान गरेका हुन् ।

बिहीबार पार्टीको निर्णयविपरीत मत खसाउन मतदानस्थल जनकपुरस्थित महेन्द्र निधि स्मृति प्रतिष्ठान पुगेका जनप्रतिनिधि दीपनारायण र नथुनीलाई पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण शाहले रोक्ने प्रयास गर्दागर्दै उनीहरूले मतदान केन्द्रमा प्रवेश गरि मतदानसमेत गरेका छन् ।

पार्टीको निर्णयविपरीत पैसाको लोभमा नेकपा–राजपा गठबन्धनमा मतदान गरेको आरोपमा दुवै जनप्रतिनिधिलाई पार्टीबाट निस्कासित गर्ने र जनप्रतिनिधिबाट समेत हटाउने तयारी भएको बताइएको छ ।

गत मंगलबार आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र प्रदेश २ मा अनेमेल विवाह जस्तो चुनावी गठबन्धन भएकोले कसैलाई मतदान नगर्न पार्टीले हृविप जारी गरेको थियो ।
जारी हृविपः