पसिना निकाल्ने फोन बनाइँदै

Newslaya Home

पसिना निकाल्ने फोन बनाइँदै

बिहीबार ०९, माघ २०७६

एजेन्सी । धेरै तातिएपछि आफैं पसिना निकालेर चिसिने फोनको आविस्कार गर्न चीनका वैज्ञानिकहरु जुटेका छन् ।

फोनको तापक्रमलाई घटाउनका लागि पानी निकाल्न र पानीले फोन बिगार्न नदिनका लागि मान्छेको कपालभन्दा तीन गुणा बाक्लो धातु बनाइने भएको हो । यसरी निक्लिएको पानी हावा बनेर बिलाउने त्यसले फोनबाट निस्कने अतिरिक्त तापलाई घटाउने कार्य गर्ने बताइएको छ ।

अनौठो आविष्कार भएकाले व्यापक रूपमा प्रयोग गर्न अहिलेका लागि यो एकदमै महंगो रहेको तर भविष्यमा यसको उपयोग गर्न सकिने वैज्ञानिकहरूले बताएका छन् ।

शांघाई जियाओ तोङ विश्वविद्यालयमा रेफ्रिजरेसन इन्जिनीयरिङको अध्ययन गर्ने रुझु वाङले भने, ‘माइक्रोइलेक्ट्रोनिक्सको विकास भएसँगै थर्मल म्यानेजमेन्ट प्रविधिको माग बढेको छ किनकि सबै कम्पोनेन्टहरू कसिकसाउ गरी खाँदिएका हुन्छन् र चिपहरू तात्न सक्छन् ।’

‘उदाहरणका लागि, प्रभावकारी चिस्यान प्रणालीको अभावमा हाम्रा फोनहरूको सिस्टम ब्रेकडाउन हुन सक्छ र लामो समय फोन चलाउँदा वा ठूलो याप लोड गर्दा फोन तातेर हातै डढ्न सक्छ,’ उनले थपे ।

शरीरको तापक्रमलाई नियमन गर्नका लागि स्तनधारीहरूले पसिना निकाल्छन् र चिनियाँ वैज्ञानिकहरूले त्यसैबाट प्रेरित भएर फोनको पसिना निकाल्ने व्यवस्था गर्न लागेका हुन् ।