नेपाली जनता दलले गर्यो ‘नो भोट’को निर्देशन

Newslaya Home

नेपाली जनता दलले गर्यो ‘नो भोट’को निर्देशन

बिहीबार ०९, माघ २०७६

काठमाडौं । नेपाली जनता दलले राष्ट्रियसभा निर्वाचन अन्तरर्गत मतदानका लागि ‘नो भोट’को निर्देशन गरेको छ ।

आफ्नो पार्टीको कुनै पनि उम्मेदवार नभएको र प्रदेश २ मा अनेमेल विवाह जस्तो चुनावी गठबन्धन भएकोले कसैलाई मतदान नगर्न पार्टीले हृविप जारी गरेको हो ।

जनता दलबाट पर्साको पोखरीया नागरपालिकामा मेयर जितेका दिपनारायण प्रसाद रौनियार र कालिकामाई गाउँपालिकाको अध्यक्ष जितेका नथुनी प्रसादलाई राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्न हृविप जारी गरेको हो । प्रदेश २ मा नेकपा–राजपा र नेपाली कांग्रेस–समाजवादी पार्टीबीच चुनावी गठबन्धन छ ।